|
Getting your Trinity Audio player ready…
|

पेन्सिलभेनिया, जेठ ०४– पेन स्टेट विश्वविद्यालय ऊर्जा तथा वातावरण संस्थानका निर्देशक ब्रुस लोगनको नेतृत्वमा कार्बन डाइअक्साइड र नवीकरणीय विद्युतलाई मेथेनमा रूपान्तरण गर्ने नयाँ रिएक्टर विकास गरेको छ। यो प्रणाली अघिल्ला उपकरणभन्दा करिब दस गुणा ठूलो भएको जनाएका छन् ।
हालै वाटर रिसोर्सेस जर्नलमा प्रकाशित अध्ययनले प्रयोगशाला स्तरभन्दा बाहिर पनि माइक्रोबियल इलेक्ट्रोसिन्थेसिस प्रणालीलाई विस्तार गर्न सकिने देखाएको छ।
नवीकरणीय ऊर्जालाई लामो समयसम्म भण्डारण गर्ने समस्या समाधान गर्न सहयोगी हुने अनुसन्धानमा उल्लेख छ।
यस प्रणालीमा सौर्य वा हावा जस्ता स्रोतबाट आएको विद्युतले पानी विभाजन गरी हाइड्रोजन उत्पादन गर्छ। त्यसपछि मेथानोजेन्स नामक सूक्ष्मजीवहरूले हाइड्रोजन प्रयोग गरेर कार्बन डाइअक्साइडलाई मेथेनमा रूपान्तरण गर्छन्।
ठूलो रिएक्टर डिजाइन
यसमा “जिरो-ग्याप” रिएक्टर विकास गरिएको जसअनुसार इलेक्ट्रोडहरूको झिल्ली छुट्याइएका छन्। यसले आन्तरिक प्रतिरोध घटाउँछ र ऊर्जा दक्षता बढानेछ ।
नयाँ प्रणालीमा इलेक्ट्रोड क्षेत्रफल दस गुणा बढाइएको छ र प्रवाह मार्ग करिब १२ इन्चसम्म विस्तार गरिएको छ।
उच्च दक्षता मेथेन उत्पादन
३० डिग्री सेल्सियसमा गरिएको परीक्षणमा रिएक्टरले प्रति लिटर भोल्युममा दैनिक ६.९ लिटर मेथेन उत्पादन गरेको अनुसन्धानमा उल्लेख छ ।
ऊर्जा दक्षता करिब ४५% पुगेको छ, जुन अहिलेसम्मका उच्चतम परिणाममध्ये एक हो।
संस्थानका निर्देशक ब्रुस लोगन भन्छन्, “हामी विद्युतलाई मेथेनमा रूपान्तरण गर्दैछौं, दक्षता ४५% देखि ४७% को बीचमा छ।”
लोगनले भविष्यमा सौर्य वा हावा फार्म नजिकै मेथेन उत्पादन संयन्त्र स्थापना गर्न सकिने बताए। “उत्पादित मेथेनलाई प्रत्यक्ष ग्यास पाइपलाइनमा पठाउन सकिन्छ,” उनले भने ।
लोगनका अनुसार आर्थिक सम्भाव्यता भने सस्तो नवीकरणीय विद्युतको पहुँच, उत्प्रेरक सामग्रीमा सुधार, र मेथेन चुहावट नियन्त्रणमा निर्भर रहनेछ।
लोगनले निष्कर्षमा भने, “हामीलाई जमिनबाट मेथेन निकाल्न आवश्यक छैन। हामीले उत्पादन गरिरहेको कार्बन डाइअक्साइडलाई उपयोगी इन्धनमा रूपान्तरण गर्न सक्छौं।”

Leave a Reply